राखियो प्रदेश ४ को नाम ‘गण्डकी’

 पोखरा ।  शुक्रबार प्रदेशसभाले दुई तिहाई बहुमतका आधारमा प्रदेशको नाम गण्डकी राख्ने प्रस्ताव पास गरेको छ ।अब प्रदेश ४ को नाम गण्डकी प्रदेश रहेको छ ।

प्रस्तावको पक्षमा ५४ मत परेको छ । विपक्षीमा दुई मत खसेको छ । नयाँ शक्ति पार्टीका सांसदहरुले प्रदेशको नाम गण्डकी राख्ने प्रस्तावको विपक्षमा मत दिएका थिए ।

सभामुख नेत्रनाथ अधिकारीले मतदान गरेनन्, भने जनमोर्चाका सांसद टेकबहादुर घर्ती अनुपस्थित रहेका थिए ।

प्रदेशको स्थायी राजधानी यसअघि नै पोखरा तोकिएको छ । सत्तारुढ दल नेकपामा गण्डकी कि तमुवान–मगरात भन्ने बहस थियो ।

तर, बुधबार संसदीय दलले प्रदेशको नाम गण्डकी राख्ने प्रस्तावमा सहमति जुटाएको थियो ।

प्रतिक्रिया दिनुहोस्