संविधानको सफल कार्यान्वयनका लागि काँग्रेसले जित्नुपर्नेः नेता सिंह

काठमाडौं । घट्टेकुलो र डिल्लीबजार क्षेत्रमा बुधबार चुनावी घरदैलो कार्यक्रममा नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले नयाँ सविधानलाई संस्थागत गर्न नेपाली काँग्रेसको आवश्यकता रहेको बताए ।

कार्यक्रममा उनले भने “निर्वाचन नजिकिँदै गर्दा काँग्रेसलाई मतदान गर्नुपर्छ भन्ने जनविचार बढ्दै गएको छ ।”

काठमाडौँ क्षेत्र नं १ प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका नेता सिंहले काँग्रेसले गरेको बाचाअनुसार संविधान जारी गरिएको र सो संविधानको सफल कार्यान्वयनका लागि काँग्रेसलाई जिताउन सबै मतदातालाई आग्रह समेत गरे ।

सामाजिक सञ्जालमा जे–जस्तो स्थिति देखाए पनि आम मतदातामा काँग्रेसप्रतिको हेराइ सकारात्मक रहेको उल्लेख गर्दै देशको आर्थिक विकासका लागि आफू लागिपर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

कार्यक्रममामा बोल्दै उनले भने ‘‘ तपाईहरुले दुई पल्ट विजयी बनाएर सविधान जारी गर्ने जिम्मेवारी पूरा गरे, अव देशलाई समृद्धिको बाटो लैजाने जिम्मेवारी पूरा गर्ने अवसर दिनुहोस्, । ’’

प्रतिक्रिया दिनुहोस्