वाम एकता अब कुनै पनि शक्तिले रोक्न सक्दैनः नेता खनाल

काठमाडौं । इलामको माइजोगमाई गाउँपालिका–६ प्याङमा मंगलबार भएको कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं इलाम क्षेत्र नं १ का उम्मेदवार झलनाथ खनालले वाम शक्तिबीच एकता अब कुनै पनि शक्तिले रोक्न नसक्ने बताएका छन् ।

पार्टी एकताको कुरामा विपक्षी पार्टीले नकारात्मक प्रचार गरेको आरोप समेत खनालले लगाए ।
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि संविधान पूर्ण कार्यान्वयन हुने उल्लख गर्दै नेता खनालले निर्वाचनपछि यस क्षेत्रको परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गर्दै लैजाने उल्लेख गरे ।

जनताले चाहेजस्तो विकास नभए पनि क्षेत्र नं १ मा धेरै विकास निर्माण भएका छन्, केही बाँकी छन् तिनलाई पनि निर्वाचनपछि पूर्णता चर्चा गर्दै खनालले लोकतान्त्रिक विकास र समृद्धि कम्युनिष्टको एजेण्डा भएको र देशमा अव आउने परिवर्तनको नेतृत्व पनि वाम गठबन्धनले नै गर्ने उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्