सरकारको निर्णय संगै सशस्त्रका ५ एआइजीले दिए सामूहिक राजिनामा

काठमाडौं । सरकारले भदौ १४ पछिका देउवा सरकारका निर्णयहरु बदर गर्ने निर्णयसंगै सशस्त्र प्रहरीका पाँचजना अतिरिक्त महानिरीक्षक (एआइजी) हरूले संयुक्त राजीनामा दिएका छन् ।

बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचन भइसकेको मितिलाई आधार मान्दै २०७४ भदौपछि तत्कालिन सरकारले गरेका राजनीतिक नियुक्ति तथा दीर्घकालिन प्रभाव पार्ने खालका निर्णय खारेज गर्ने निर्णय गरेको थियो ।

सो निर्णय खारेज हुने सम्भावना बढेपछि बिहीबार सशस्त्रका फाजिल एआइजीहरू क्रमश जानकीराम भट्टराई, निराक्रमबिक्रम शाह, सुबोध अधिकारी, खडानन्द चौधरी र राजेश श्रेष्ठले संयुक्तरुपमा राजीनामा दिएका हुन् । उनीहरूले सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल समक्ष राजीनामा पत्र बुझाएका हुन् ।

एआइजीमा बढुवा भइसकेको आफू परानो पद डिआइजीमा पुन फर्केर सेवामा रहेर काम गर्न आफ्नो नैतिकबल नहुने भएको जनाउदै उनीहरुले नैतिकताका आधारमा राजिनामा दिएको बुझिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्