कपिल सिजापतिको गजल हजुरकै चाहना

कपिल सिजापति
पञ्चदेवल बिनायक नगरपालिका ०४, अछाम
हाल- काठमाडौ

गजल

हजुरकै चाहना, छ हेर आँखामा ।
शंकालु नजरले, नहेर आँखामा ।।

माछि र पानी झैँ, भएर बाँचौंला ।
आँखा र नानी झैं,भएर आँखामा ।।

हजारमा एउटाले, हाँसेको हेर्नुछ ।
वेदना हजारका, सहेर आँखामा ।।

तिमी नदेखेर, कपिल त रोकियो ।
तर याद पोखियो, गएर आँखामा ।।

-गलजकार सिजापती काठमाडौँमा बसेर साहित्यमा कलम चलाई रहेका छन्, भने राजनितिमा आफ्नो राम्रो पकड बनाउँदै अघि बढिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्