सशस्त्रका ५ एआइजीले जागरिबाट हात धुदै

काठमाडौं । सरकारले भदौ १४ पछिका देउवा सरकारका निर्णयहरु बदर गर्ने निर्णयसंगै त्यसको प्रभावस्वरुप सशस्त्रका ५ एआइजीले पनि जागिरबाट हात धुनुपर्ने भएका छन् ।
शेरबहादुर देउवा सरकारका पालामा डीआइजीबाट एआइजीमा बढुवा भएका सशस्त्र प्रहरीका ५ जना अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) हरुको बढुवा खारेज हुने भएको छ । अब उनीहरुले डीआइजीकै स्टाटसमा जागिरबाट बाहिरिनुपर्ने भएको हो ।

त्यसरी हात धनुपर्ने सशस्त्रका ५ एआइजीहरुमा जानकीराज भट्टराई, सुवोध अधिकारी, निराकारविक्रम शाह, खडानन्द चौधरी र राजेश श्रेष्ठ रहेका छन् ।

उनीहरुलाई गत माघ ७ गते तत्कालीन गृहसचिव मोहनकृष्ण सापकोटाको नेतृत्वमा गठित बढुवा सिफारिस समितिको निर्णय अनुसार सरकारले डीआइजीबाट एआइजीमा एकसाथ बढुवा गरेको थियो । सशस्त्र प्रहरी हेडक्वार्टर सूत्रले भने उनीहरु नियमित प्रक्रिया अन्तरगत बढुवा भएको बताएको छ ।

यसैवीच केही दिनअघि गृह सचिव प्रेमकुमार राईले केही एआइजीलाई मन्त्रालयमा बोलाएर सरकारी एक्सनको संकेत दिएका थिए । सचिव राईले पाँच एआएजीहरुले राजीनामा दिने ओ भने विशिष्ट श्रेणीले पाउने सुविधा प्राप्त गर्ने भन्दै अन्यथा सरकारले निर्णय बदर गरेको खण्डमा डीआइजीकै हैसियतमा विदा लिनुपर्ने चेतावनी एआइजीहरुलाई दिएका थिए । तर एआइजीहरुले सरकारले हटाएमा अदालत जाने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्