अनसनरत डाक्टर केसीको स्वास्थ्यमा गम्भीर समस्या, आकस्मिक कक्षमा उपचार हुदै

काठमाडौं । कर्णाली प्रदेशको जुम्लामा अनसनरत डाक्टर गोविन्द केसीको स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न भएपछि अस्पताल र्पुयाइएको छ ।

अनसनस्थलमै डाक्टर केसीको स्वास्थ्य अवस्था गम्भीर भएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्वास्थ्यकर्मीहरुले उनलाई उठाएर एम्बुलेन्समा अस्पताल र्पुयाएका हुन् ।

डाक्टर केसीलाई गाह्रो भएपछि अस्पताल ल्याइएको प्रतिस्ष्ठानका मेडिकल डाइरेक्टर डाक्टर पुजन रोकायाले जानकारी दिए । एक्कासी मृगौलाको समस्या भएपछि कसैलाई सोध्ने कुरा भएन, अस्पताल र्पुयायौँ, डाक्टर विनोद अर्यालले भने ।

डाक्टर केसीलाई कठिन भएपछि जीवन रक्षाका लागि भन्दै चिकित्सकहरुले अस्पताल पुर्याएको प्रतिष्ठान पुगेका सहायक प्रमुख जिल्ला अधिकारी टेकबहादुर बुढ्थापाले बताए ।

तोडमोड नगरी तत्काल चिकित्सा शिक्षा विधेयक प्रतिस्थापन गर्नुपर्ने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पठनपाठन सुरु गर्नुपर्नेलगायत माग राख्दै डा.केसी १६ गतेदेखि जुम्ला पुगेर १५ औँ अनशन बसिरहेका थिए ।

अहिले डाक्टर केसीको कर्णाली प्रतिष्ठानको इमरजेन्सीमा उपचार भैरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्