धान खेति डुबानमा परेपछि भत्काए स्थानियले भारतीय नहर

नवलपरासी । बर्सेनि डुबान र कटानको पीडा भोग्दै आएका पश्चिम नवलपरासीको सुस्ता गाउपालिका गण्डक कमाण्ड क्षेत्रका वासीन्दाहरुले डुबानमा परेपछि भारतीय गण्डक नहरको बाँध भत्काएर पानीको निकास गराएका छन् ।

अबिरल वर्षाका कारण आएको बाढीको पानी जमेको दुई दिनभन्दा बढी भएपछि धानखेती डुवानमा परेपछि स्थानियले नहर फुटाएर पानीको नीकास गराएका हुन् । धानबाली कुहिने त्रासले बाँध काटेर भए पनि पानी निकास गराउन बाध्य भएको त्यहाँका स्थानियले बताएका छन् ।

करिव ३ सय विगाहा भन्दा बढी क्षेत्रफलमा रोपिएको धान बालि सबै डुबानमा परेको थियो । त्यहाँको पानीको निकासका लागि रानीनगर गण्डक नहरमा साईफन बनाइएको भए पनि साइफनले पूर्ण क्षमतामा पानी तान्न सकेको छैन ।

भारतीय पक्षले साईफनहरु सफा गर्ने आश्वासन दिएर झाराटाराई किसिमले मात्र सफा गरेको देखाएको र नहरकै कारण करिव ३ सय विगाहा क्षेत्रफलमा लगाईएको धान खेती डुवानमा परेपछि किसानहरु आफैले रातको समयमा नहरको डिल फुटाएको सुस्ता गाउँपालिका–२ का अध्यक्ष कृष्णलाल मुखियाले जानकारी दिए ।

किसानले रातको समयमा नहर फुटाएकोले आफुले बिहान मात्र खबर पाएको वडा अध्यक्ष मुखियाले जानकारी दिए । नहरको डिल काटेर पानी निकास गराएपछि डुवानमा परेको खेतमा पानी घटिसकेको छ । अहिले नहरमा किसानहरु आक्रोसित भैरहेका छन् भने भारतीय पक्षका जिम्मेवार निकायलाई जानकारी गराईसकिएको र भारतीय पक्षका प्रतिनिधिहरु आएपछि छलफल गरिने गाउपालिका प्रमुख रामप्रसाद पाण्डेले बताए ।

भारतीय नहरका कारण सो क्षेत्र वर्षेनी डुवानमा पर्ने गरेको छ । भारतीय नहरकै कारण आफुहरु डुवानमा पर्नेगरे पनि भारतीय पक्षले कुनै चासो नदिएको र पटक–पटक क्षति भोग्नुपरेको भन्दै स्थानियले गत वर्ष पनि नहर फुटाउने प्रयास गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्