चिकित्सा शिक्षा विधेयक अघि बढाउन सहयोग गर्न मन्त्री पोखरेलको अपिल

काठमाडौं । सरकारले संसदमा पेश भएको चिकित्सा शिक्षा विधेयक अघि बढाउन सहयोग गर्न सबै राजनितिक दलहरुलाई अपिल गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी विधेयक स्विकृत गर्ने प्रक्रियामा सघाउन अपिल गरेका हुन् ।

संघीय संसदमा प्रमुख प्रतिपक्षी दलले नियमित प्रक्रियामा विधेयक अगाडि बढाउने विषय आफैँमा सह्रानीय हुँदाहुँदै पनि चिकित्सा शिक्षा अध्यादेश अनुरूप बढाइएका कार्यहरूको निरन्तरता दिन र रिक्तताको अवस्था सृजना हुन नदिन म संघीय संसद र प्रमुख प्रतिपक्ष लगायत सबै दललाई विधेयक स्वीकृत गर्ने प्रक्रिया यही असार २० गते भित्र नै सम्पन्न गर्ने कार्यमा सहयोग गर्न हार्दिक अपिल गर्दछु, प्रेस विज्ञप्तिमा भनिएको छ ।
प्रेस विज्ञप्ति :

प्रतिक्रिया दिनुहोस्