काठमाडौँ महानगरलाई जानकारी नदिइकन सडक भत्काउँन नपाउने: महानगर प्रमुख

काठमाडौ । काठमाडौको अधिकांश सडक पटक पटक भत्काउने र बनाउने गरेकै कारण स्थानीयवासीले धेरै दुख तथा सास्ती खेप्नुपरेको भन्दै आगामी दिनमा महानगरभित्र रहेका सडक भत्काउँदा महानगरलाई जानकारी दिनुपर्ने काठमाडौँ महानगरपालिकाका प्रमुख तथा मेयर विद्यासुन्दर शाक्यले बताए ।

उनले कहाँको सडक भत्काउँदै हो, कसले भत्काउन लागेको र कहिलेसम्म बनाइसक्ने हो, सबै जानकारी महानगरलाई गराउनुपर्छ भन्नुभयो । जथाभावी सडक भत्काउँदा सर्वसाधारणले समस्या भोग्नु परेकाले पूर्व जानकारी गरेर मात्र भत्काउन तथा प्राथमिकताको साथ निर्माणको काम सम्पन्न गर्नुपर्ने उनको भनाइ छ ।

प्रमुख प्रशासकीय अधिकृत धनीराम शर्माको अध्यक्षतामा बसेको बैठकले महानगरको अधिनमा रहेको आठ मिटरसम्मको सडक होस् या सडक विभागले बनाउने ठूला सडक भत्काउँदा निर्माण गर्ने कार्य योजनासहित महानगरलाई जानकारी दिनुपर्ने निर्णय गरेको थियो । विकास निर्माणको काममा विभिन्न संस्थाको संलग्नता रहेकाले विकासको काम गर्दा समन्वय रहोस् भन्ने उद्देश्यका साथ यो अवधारणा ल्याइएको अध्यक्ष शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस्