भिषण वर्षाको सम्भावना, सबैलाई सतर्क रहन अपिल

काठमाडौं । जल तथा मौसम पूर्वामानुमान महाशाखाले असार १८ गतेसम्म देशका विभिन्न भागमा मध्यम तथा भिषण वर्षा हुन सक्ने जनाएको छ ।

‘मनसुन सक्रिय भएकाले देशका पूर्व र पश्चिमका धेरै जसो स्थानमा हल्का देखि मध्यम र एक दुई स्थानमा भारि वर्षा हुने सम्भावना छ, भने मध्य र आसपासका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना देखिन्छ,’ जल तथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागको बाढी सतर्कता केन्द्रले शनिबार विहानै अर्को सूचना जारी गर्दै सतर्क रहन अपिल गरेको छ । वागमती, रिउ खोला, मेची, बक्राह, कन्काई, कमला, खाडो, रातु, गागन लगायत आसपासका चुरे र महाभारतबाट बहने अन्य नदीहरुको बहाव खतराको तहसम्म पुग्ने अनुमान केन्द्रले गरेको छ ।

आइतबारसम्ममा चुरे र महाभारतबाट बग्ने नदीको बहाव खतराको संकेत भन्दा माथि जाने अनुमान गरिएको छ । केन्द्रले सोमबार सम्म उच्चतम सतर्कता अपनाउन अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्