कथाकार श्रेष्ठको ‘सेतो स्कार्फ’ लोकार्पण

काठमाडौँ । कथाकार सविता श्रेष्ठ ‘बेहोसी’को कृति ‘सेतो स्कार्फ’ (कथा सङ्ग्रह) शुक्रवार एक कार्यत्रलमका बिच लोकार्पण गरिएको छ ।

साहित्यकार तुलसी दिवसले कृतिको लोकार्पण गर्दै नेपाली समाज, पात्र, चिन्तन, सोच, संवेदना र आन्तरिक भावना व्यक्त भएका सिर्जनाहरुमात्र चिरस्थायी हुने बताउँदै कथाकार सविताका कथामा त्यो कुरा समेटिएको बताए ।

सङ्गीत नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति सरुभक्तले आख्यानमा सविताले चालेका पाइलाले साहित्य क्षेत्रमा उचाइ मापन गरोस भन्ने शुभकामना दिए ।

नेपाल स्रष्टा समाजका अध्यक्ष पवन आलोकले सरल र शालीन व्यक्तित्वका धनी सविताका सिर्जनाहरु सशक्त हुने बताउँदै उनका कृतिलाई पाठकमाझ ल्याउन पाएकोमा खुशी व्यक्त गरे ।

कथाकार माया ठकुरीले सविताको सिर्जनामा पाठकलाई बाँधेर राख्न सक्ने सरल र सरस प्रस्तुति रहेको बताइन् ।

कृतिको समीक्षा गर्दै साहित्यकार मोमिलाले कृतिले आम मानिसको जीवन बोलेको भन्दै कृतिकारको जीवनलाई पनि यसले धेरथोर समेटेको बताएका छन् । उनले यस्ता सिर्जनाले मानिसको मनलाई छुने र कालान्तरसम्म बाँचिरहने बताए ।

स्रष्टा श्रेष्ठले जीवन भनेकै कथा र कथा भनेकै जीवन रहेको बताउँदै सेतो स्कार्फमा पनि जीवन र जगत्लाई समेट्ने प्रयास गरेको उनले बताए ।

सर्जकका जीवन साथी सुमन श्रेष्ठले घरमा नै साहित्यकार भएकाले आफूमा पनि साहित्यप्रति अनुराग पलाएको बताए ।

नेपाल स्रष्टा समाजका महासचिव चेतनाथ कणेल हरित र कोषाध्यक्ष पुष्पा खनालले कृतिका विविध पक्षमाथि प्रकाश पारेका थिए ।

कथाकार बेहोसीका सेतोस्कार्फलगायत आफ्नै व्यथा आफ्नै तरङ्ग ९कथासङ्ग्रह० तथा अनन्तमा मिल्ने आशामा दुई समानान्तर रेखाहरु र जीवन ज्योति (उपन्यास) प्रकाशित छन् ।

यस कृतिमा वरिष्ठ कथाकार परशु प्रधानले भूमिका लेखेको सो कृतिमा विमल भौकाजीले सम्पादन गरेका छन् ।

कथाकार बेहोसीले आफ्नो जन्मदिनको अवसर पारेर यो कृति बजारमा ल्याएकि हुन् ।

प्रतिक्रिया दिनुहोस्