सरकार अत्यावश्यक क्षेत्रमा भएको विरोधलाई टुलुटुलु हरेर नबस्ने : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको कामलाई प्रभावकारी बनाउनका लागि विभिन्न विभागहरुलाई प्रधानमन्त्री कार्यालय मातहत ल्याइएको बताएका छन् ।

संघिय संसद्मा शुक्रवार प्रधानमन्त्री, राष्ट्रपति उपराष्ट्रपति, राष्ट्रिय योजना आयोगलगायतमा विनियोजित विधेयकमाथि सांसदहरुले उठाएका प्रश्नको उत्तर दिँदै उनले सरकारले गरिबीको अन्त्य गरेरै छाड्ने बताएका हुन् । नयाँ जनादेश अनुसार जनताका आकांक्षा पूरा गर्नका लागि नयाँ ढंगले काम गर्न सरकारले विभिन्न निकायलाई त्यसै अनुसार व्यवस्थित गरेकाले केही समयभित्र त्यसको प्रभाव देखिने उनले बताए । प्रधामन्त्री ओलीले अबको केही वर्षभित्र गरिबी भन्ने कुरा नेपालमा दन्त्य कथा बन्ने पनि बताएका छन् ।

ओलीले सरकार नयाँ बाटो हिँड्न लागेकाले केहीलाई अनौठो लाग्नु स्वभाविक भएको भन्दै उनले भने, ‘नयाँ अभ्यासमा देश जाँदा, नयाँ संरचना गर्दा, नयाँ ढंगले मुलुकलाई ड्राइभ गर्नुपर्छ, त्यतै तिर जान लाग्या हो ।’

प्रधानमन्त्री ओलीले लोकतन्त्र कसैले किस्तीमा सजाएर दिएको वा अरुको पसिनाले आर्जेको नभई आफूहरुको ठूलो मेहनत रहेकाले सरकार लोकतन्त्रप्रति सधै प्रद्धिवद्ध रहेको स्पष्ट पारे । उनले लोकतन्त्र जान्छ कहाँ ? लोकतन्त्र जान्छ भने आउँछ के ? कहाँ बाट ? जनताको जागरण, एकता र ठूलो संघर्षबाट आएको लोकतन्त्रलाई कुन तागतले पन्छाउन सक्छ ? भन्दै प्रश्न समेत गरे

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केटाकेटीलाई हाउगुजी देखाएजस्तो गरी लोकतन्त्र जान्छ भनेर जनतामा भ्रम र आशंका फैलाउने काम गरेको भन्दै उनले त्यस किसिमको भ्रमात्मक प्रचार उपयुक्त नभएको प्रतिक्रिया दिए । अधिनायकवाद आउँछ र लोकतन्त्र जान्छ भन्ने विषयलाई कांग्रेसले ‘चाहिँनेकेरे’ र ‘माने’ भन्ने जस्तो थेगो को विषय बनाएर भ्रम र आंशका फैलाउने काम गरेको दाबी समेत गरे । उनले २०३६ सालको जनमत संग्रहताका केटाकेटी रोए भने चुप लाग चुप लाग जनमतसंग्रह भाँडिन्छ, भन्थे त्यस्ते अहिले कांग्रेुले गरिरहेको पनि बताए ।

यस्तै प्रधामन्त्री ओलीले योजना आयोगको काम प्रभावकारी नदेखिएर प्रभावकारी देखाउन पुनर्गठन गरेको पनि संसद्मा जानकारी दिए । ओलीले समय तोकेर काम नगर्ने ठेकेदारले बढी समय लगाएबापत हर्जनासम्म तिर्नुपर्ने बताए । भ्रष्टाचार बढ्दै गएको भन्ने सांसदहरुको अभिव्यक्तिलाई उहाँले ‘टङ स्लिप’ को संज्ञा दिँदै सरकार भ्रष्टाचार निर्मूल गर्न प्रतिवद्ध रहेको बताए ।

अर्को प्रसंगमा प्रधानमन्त्री ओलीले, अधिकारको प्रयोग विधि पूर्वक र कानुनसम्मत गर्नुपर्ने भन्दै निषेधित क्षेत्र भनेको वाक स्वतन्त्र रोक्नका लागि नभएको स्पष्ट पारे । विरोध प्रर्दशनका लागि बाहिर अन्य देशको पनि निश्चित स्थान तोकिने गरेको उदाहरण दिँदै उनले तानाशाही ढाल्नका लागि त दरबारभित्र पसेर पनि कब्जा गर्न सकिने तर लोकतन्त्रमा सबै बाटा खुल्ला भएकाले त्यसो गर्न नपर्ने बताए ।

उनले अत्यावश्यक क्षेत्रमा भएको विरोधलाई टुलुटुलु हरेर लाचार छाँया भएर सरकार बस्न नसक्ने स्पष्ट पारे । नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले सरकारे केही महत्वपूर्ण क्षेत्रमा जनता भेला हुन नपाउने भन्दै निषेधित क्षेत्र तोकिएको बारे जिज्ञासा राखेका थिए ।

उहाँले आन्तरिक स्रोत र आन्तरिक पूँजीको परिचालनमा जोड दिएको भए पनि ठूला आयोजनामा वैदेशिक सहायता र लगानी अत्यावश्यक रहेको बताएका छन् । प्रधानमन्त्री ओलीले , संविधान कार्यान्वयनका लागि आवश्यक पर्ने सबै कानुन असोज ३ भित्र ल्याइसक्ने प्रतिवद्धता पनि जनाएका छन् ।

प्रधानमन्त्री ओलीले, पूर्ववर्ति सरकारका निर्णय कार्यान्वयनका सम्बन्धमा अखबारमा मात्रै ल्याएर चुनावी प्रचार गरेकाले चुनाबी प्रचारका काम सरकारले कार्यान्वय नगर्ने स्पष्ट पारे । उनले महिला हिंसाप्रति सचेत र गम्भीर रहेको भन्दै महिला हिंसा प्रति शून्य सहनशीलता राख्ने स्पष्ट पारे थिए ।

 

प्रतिक्रिया दिनुहोस्