समयमा तलव नपाएको भन्दै जाजरकोटका स्वास्थ्यक्रर्मीहरू आन्दोलित

जाजरकोट । जाजरकोटका स्वास्थ्यक्रर्मीहरू पाँच महिनादेखि तलव नपाउँदा आन्दोलित भएका छन् । भेरी नगरपालिकाले समयमै तलब नदिएको भन्दै स्वास्थ्यकर्मीहरू बुधबारदेखि आन्दोलित भएका छन्  ।

हरेक महिना तलव बुझ्दै आएका स्वास्थ्यक्रर्मीहरु पााच महिना देखि तलव नपाएको भन्दै बुधबारदेखि कालो पट्टी बाँधेर काम गरेका स्वास्थ्यकर्मीहरुले बिहीबार मध्यान्ह १२ बजेसम्म आकस्मिकबाहेकका सवै सेवा बन्द गरेर विरोधमा उत्रिएका छन् । स्वास्थ्य संस्था स्थानीय तह मातहतमा गएपछि समयमा तलब खान नपाएको बताएका हुन् ।

भेरी नगरपालिलका मातहतका स्वास्थ्यचौकी र जाजरकोट अस्पतालमा कार्यरत चिकित्सकदेखि कार्यालय सहयोगीले गत फागुनदेखि तलब भत्ता वुझ्न नपाएको बताएका छन् । शुक्रबारसम्म तलब निकासा नगरिए सबै सेवा ठप्प पारिने जाजरकोट अस्पतालका प्रमुख डा.राजेन्द्र लामाले जानकारि दिएका छन् ।

जाजरकोट अस्पतालमा कार्यरत ५७ स्वास्थ्यकर्मी तथा अन्य कर्मचारी र नगरपालिकामा कार्यरत ३४ जना स्वास्थ्यकर्मीले समयमा तलब भत्ता पाउन सकेका छैन् । गत फागुनदेखि तलब खान नपाउँदा घरखर्च चलाउन मस्किल भएको कर्मचारीको गुनासो गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्