शिक्षा मन्त्रालय मातहतका साढे ३ सय उपसचिवलाई स्थानीय तहमा पठाउने तयारी
काठमाडौं । शिक्षा मन्त्रालयका करिव साढे ३ सय बेरोजगार रहेका कर्मचारीहरुलाई सरकारले विभिन्न स्थानीय तहमा पठाइने भएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबावु पण्डितले बेरोजगार रहेका ३ सय बर्मचारीहरुका विषयमा शिक्षामन्त्री गिरिराजमणि पोखरेलसँग छलफल भइसकेको बताएका छन् । देशमा संघियता कार्यान्वयन भए संगै जिल्ला शिक्षा कार्यालयको संरचना हट्ने भएपछि शिक्षा मन्त्रालय मातहतका कर्मचारी बेरोजगार भएका हुन् ।
प्रतिनिधिसभाको बुधवारको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनेक्रममा मन्त्री पण्डितले बढी कर्मचारी जहा छन् आफु त्यहा बाट कर्मचारी लिएर स्थानीय तहमा पठाउन केन्द्रित रहेको बताएका हुन् । मन्त्री पण्डितले कहिलेदेखि पठाउने भन्ने बारेमा भने खुलाका छैनन् ।
शिक्षा मन्त्रालय मातहतका कार्यालयहरुमा कर्मचारी बढी भएको र संघीय मामिलामा आवश्यकता भएकाले शिक्षामन्त्री र आफ्नो बीचमा छलफल भएको उनले बताए । संघीय र शिक्षा सचिवबीच छलफल भएर कर्मचारी बढी भएको ठाउँबाट लिए स्थानीय तहमा पठाउन केन्द्रित हुने मन्त्री पण्तिको भनाई थियो ।
प्रतिक्रिया दिनुहोस्