मारवाडी समुदायका आराध्यदेव श्याम बाबाको पूजाआजा

काठमाडौं । मारवाडी समुदायले आफ्नो आराध्य देव भगवान् बर्बरीकको पूजाआजा गरेका छन्।

प्रत्येक वर्ष कात्तिक शुक्ल दशमीका दिन भक्तजनहरूले आराध्य देवको भक्ति र आराधना गरेका हुन्।

सो समुदायले हनुमानढोका क्षेत्रबाट भैरवको रथयात्रा सहित शोभायात्रा गरेका थिए । भक्तजनले हातमा श्याम बाबाको पवित्र निशान ९ध्वजा० बोकेर बाजागाजा र भजनकीर्तनसहित नगर परिक्रमा गर्दछन्।भगवान् बर्बरीकलाई ुश्याम बाबाुको रुपमा पूजाआजा गर्ने प्रचलन छ।

उक्त समुदायले महाभारतकालीन पात्र बर्बरीकलाई ुश्याम बाबाुका रूपमा आराध्यदेव मान्दछन्।पारिवारिक सुख शान्ति तथा सामाजिक सद्भाव कायम राख्न यस्तो पूजाआजा गरिने धर्मगुरु नन्दलाल सिंगलले जानकारी दिनुभयो।

बर्बरीकले महाभारतको युद्ध अगाडि भगवान श्रीकृष्णलाई आफ्नो शीश ९टाउको० दान दिएका थिए। उनको यस त्यागबाट प्रसन्न भएर श्रीकृष्णले उनलाई कलि युगमा आफ्नै नाम ुश्यामु ले पूजिने र हारेकाहरूको सहारा बन्ने वरदान दिएको विश्वास छ।

सामूहिक रूपमै हर्षोल्लासका साथ मनाइने जात्राको अवसरमा श्याम बाबाको महिमा गान गर्दै मारवाडी तथा राजस्थानी भजनहरू गाइएको थियो।

आजदेखि यही मंसिर ५ गतेसम्म मारवाडी सेवा समिति परिसरमा श्याम कात्तिक महोत्सव आयोजना गरिएको श्याम परिवारका अध्यक्ष नरेश मित्तलले जानकारी दिनुभयो। (कृष्णराज गौतम

प्रतिक्रिया दिनुहोस्