आज मन्त्रिपरिषदको बैठक बस्दै
काठमाडौं, ४ मंसिर। आज मन्त्रिपरिषदको बैठक बस्दै छ ।
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को भारत भ्रमणबारे छलफल गर्न आज बिहान ११ बजे बैठक बस्न लागेको हो ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने बैठकमा प्रधानमन्त्रीको भारत भ्रमणका एजेण्डाबारे छलफल हुने एक मन्त्रीले जानकारी दिए ।
प्रधानमन्त्री बालेनले यही मंसिर ६ र ७ गते भारतको औपचारिक भ्रमण गर्ने तयारीमा छन् । सो तयारीबारे जानकारी दिन परराष्ट्र मन्त्रालयले पनि आज प्रेस बिफ्रिङ गर्दैछ । यसले गर्दा प्रधानमन्त्रीको भारत भ्रमणको तयारी के कस्तो तयारु िगरिएको भन्ने विषयमा आजको बैठक केन्द्रीत हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।























प्रतिक्रिया दिनुहोस्