प्रधानमन्त्री शाह आइतबार दिउँसो  १:४५ बजे औपचारिक भारत भ्रमणमा जाने

काठमाडौं, ४ मंसिर। प्रधानमन्त्री बालेन शाह ६ मंसिर (आइतबार) दिउँसो भारत भ्रमणमा जाने भएका छन् ।

प्रधानमन्त्रीको भारत भ्रमणबारे जानकारी दिन परराष्ट्र मन्त्रालयले आज आयोजना गरेको प्रेस ब्रिफिङ अनुसार प्रधानमन्त्री शाह ६ मंसिर अर्थात आइतबार १:४५ बजे नेपाल वायु सेवा निगमको नियमित उडानमार्फत औपचारिक रुपमा भारत भ्रमणमा जानेछन् ।

दुई दिने भारत भ्रमण सकेर उनी सोमबार साँझ ६ः३५ बजे स्वदेश फर्कने कार्यक्रम तय भएकोछ । यसले नेपाल भारत सम्बन्धका विषयमा बहुआयमिक छलफपल हुने विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्