सुन र चाँदीको मुल्यमा निरन्तर गिरावट, आज प्रतितोला ६ हजार ३०० रुपैयाँले गिरावट
काठमाडौं, २ मंसिर। सुन र चाँदीको मुल्यमा निरन्तर गिरावट आएको छ । आज पनि नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा भारी गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एकैदिन सुनको मूल्य प्रतितोला ६ हजार ३०० रुपैयाँले घटेको छ ।
महासंघका अनुसार बुधबार सुन प्रतितोला २ लाख ६० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो मंगलबार सुन प्रतितोला २ लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ११० रुपैयाँले घटेको छ। मंगलबार प्रतितोला ३ हजार ४९० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार पुन घटेर ३ हजार ३८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। यसले गर्दा सुन र चाँदी खरिद गर्न केहि सहज भएको छ ।























प्रतिक्रिया दिनुहोस्