फास्ट ट्र्याककाे महादेवटार सुरुङकाे `ब्रेक थ्रु´ आज, राष्ट्रपति पौडेलको उपस्थितिमा गरिने

काठमाडौं, २ मंसिर । तराइ र काठमाडौंलाई जोड्ने तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत मकवानपुरको महादेवटारस्थित सुरुङको आज ब्रेक थ्रु गरिने भएको छ ।

सुरुङको ब्रेक थ्रुझ राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा गरिने मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले जानकारी दिए ।

उनकाअनुसार राष्ट्रपति पौडेल हेलिकप्टरबाट साढे ९ बजे महादेवटार आइपुग्ने तय भएको छ । मकवानपुरको भीमफदी गाउँपालिका(८ बाट बकैया गाउँपालिका(१२ जोड्ने महादेवटारमा समानान्तर रूपमा दुईवटा सुरूङ निर्माणाधीन छ । आज ञब्रेक थ्रुझ हुने उक्त सुरुङको लम्बाइ ३।४४५ किमि रहेको छ ।

अर्कोतर्फको ३।४८६ किमिको सुरुङ गत भदौमा ञब्रेक थ्रुझ भइसकेको छ । फास्ट ट्र्याकअन्तर्गत ७ वटा सुरूङ निर्माणाधीन छन् ।

नेपाली सेनाले द्रुतमार्गलाई १३ वटा प्याकेजमा विभाजन गरी कार्यान्वयन गरिरहेको छ । यसमध्ये प्याकेज १, २, ३, ४, ५, ६, ७, ८ ९क०, ८ ९ख०, ९ ९क०, ९ ९ख० र १० निर्माणाधीन तथा कार्यान्वयन चरणमा छन् ।

प्रतिक्रिया दिनुहोस्