पश्चिमी वायुको आंशिक प्रभावः एक/दुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना
काठमाडौं, १ मंसिर। हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशको हिमाली भू-भाग र कोशी प्रदेशको पहाडी भू(भागमा आंशिक बादल लागेको छ र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । तराई भू-भागका केही स्थानमा तुवाँलो लागेको छ ।
नेपाल मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश लगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भू(भागमा आंशिक बादल लाग्नेछ तथा बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहनेछ । कोशी प्रदेशको हिमाली र पहाडी भू(भाग तथा गण्डकी प्रदेशको हिमाली भू(भागको एक/दुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना छ ।
महाशाखाका अनुसार आज राति कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागमा तथा लुम्बिनी प्रदेशको हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ तथा बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहनेछ । तराई भू-भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सुरकुहिरो लाग्नेछ । कोशी र गण्डकी प्रदेशको हिमाली भू(भागको एक/दुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना छ ।























प्रतिक्रिया दिनुहोस्