घोप्टेभीरको पहिरो लामो प्रयासपछि हटाइएपछि राजमार्ग सञ्चालनमा

, काठमाडौं, २४ कार्तिक । पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडकखण्डको घोप्टेभीरमा गएराति खसेको सुक्खा पहिरो लामो प्रयासपछि हटाइएपछि राजमार्ग सञ्चालनमा आएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका एसपी सुमित खड्काका अनुसार, गएराति ११ बजेतिर पहिरो गएको हो । पहिरोका कारण अवरुद्ध भएको सो सडकखण्ड अहिले पुनः सञ्चालनमा आएको उनले जानकारी दिए ।

राति नै पहिरो गएपछि राजमार्गमा यात्रुहरू अलपत्र परेका र सास्ती भोग्नु परेको थियो । यसअघि हिजो पनि सोही खण्डमा पहिरो खसेको थियो । उक्त पहिरो दिउँसो ९ घण्टापछि मात्रै हटाउन सकिएको थियो । अब भने यात्रुहरुलाई सहज भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्