जुवातास खेलिरहेको अवस्थामा देशका विभिन्न जिल्लाबाट ११० जनालाई पक्राउ
काठमाडौं, २४ कार्तिक। प्रहरीले जुवातास खेलिरहेको अवस्थामा देशका विभिन्न जिल्लाबाट ११० जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार काठमाडौं, बूढानीलकण्ठ नगरपालिका(६ टनागाउँबाट जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका८ बस्ने ४५ वर्षीय राजेश नगरकोटी समेत १० जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग बूढानीलकण्ठबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५६ हजार ५ सय ४० रूपैयाँ र ६ बुक ताससहित पक्राउ गरेको हो ।
चितवन, रत्ननगर नगरपालिका(१६ हात्तीगाडेबाट जुवा ९कौडा० खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३४ वर्षीय माधव थापा मगरसमेत ६ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टाँडीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५२ हजार ६ सय १५ रूपैयाँ र १६ थान कौडा सहित पक्राउ गरेको हो ।
यसैगरी चितवन, भरतपुर महानगरपालिका(७ बस्ने ३८ वर्षीय डिलाराम चालिसेको घरमा जुवातास खेलिरहेको अवस्थामा डिलाराम समेत ७ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनवाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ३७ हजार ४ सय ८० रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो ।
यसैगरी चितवन, भरतपुर महानगरपालिका(१२ सहयोगी टोलबाट जुवा ९कौडा० खेलिरहेको अवस्थामा सोही महानगरपालिका(१२ आनन्द टोल बस्ने ३६ वर्षीय गोविन्द मगर समेत २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३६ हजार १ सय १० रूपैयाँ र १६ थान कौडासहित पक्राउ गरेको हो ।
धनकुटा, पाख्रीबास नगरपालिका(९ बस्ने ५५ वर्षीय विष्णु घिसिङको घरमा जुवा खेलिरहेको अवस्थामा बिष्णु समेत ७ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ७ हजार ३ सय १५ रूपैयाँ र ३० थान कौडा सहित पक्राउ गरेको हो ।
भक्तपुर, मध्यपुर थिमि नगरपालिका(३ एसएस चोक नजिकबाट जुवातास खेलिरहेको अवस्थामा भक्तपुर सल्लाघारी बस्ने सिन्धुपाल्चोक घर भएका २६ वर्षीय सुजन तामाङ समेत ९ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९९ हजार १ सय ५० रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।
यसैगरी भक्तपुर, चाँगुनारायण नगरपालिका(७ बागेश्वरी पकरीटोलबाट जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३३ वर्षीय दिपेश लामिछाने समेत १५ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९७ हजार रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो।
झापा, कमल गाउँपालिका(५ टुक्रे बस्ने ४५ वर्षीया गिता भट्टराईको घरमा जुवातास खेलिरहेको अवस्थामा १२ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १८ हजार २ सय रूपैयाँ र ५ बुक तास सहित पक्राउ गरेको हो ।
यसैगरी झापा, दमक नगरपालिका(१० बाट जुवा ९कौडा० खेलिरहेको अवस्थामा सोही नगरपालिका(१० बस्ने ५४ वर्षीय काजिम थापा समेत १० जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८९ हजार ७ सय १० रूपैयाँ र १५ थान कौडा सहित पक्राउ गरेको हो ।
धनुषा, जनकपुरधाम उपमहानगरपालिका(२ शिव चोकबाट जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका(३ बस्ने ५२ वर्षीय संजय पंजियार समेत ५ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६७ हजार ५ सय रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।
कपिलवस्तु, वाणगंगा नगरपालिका(७ चौरीगाउँ बस्ने ४१ वर्षीय विष्णु थारूको घरमा जुवातास खेलिरहेको अवस्थामा विष्णुसहित ४ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७८ हजार ४ सय ८५ रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।
सर्लाही, बरहथवा नगरपालिका(९ मुर्तियाबाट जुवा ९कौडा० खेलिरहेको अवस्थामा बरहथवा नगरपालिका(९ बस्ने लालकृष्ण गुरूङ समेत २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बरहथवाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३६ हजार ५५ रूपैयाँ र र १६ थान कौडा सहित पक्राउ गरेको हो ।
यसैगरी सर्लाही, लालबन्दी नगरपालिका(४ हरिभवन टोल बस्ने ४० वर्षीय भुवन कुमार श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा भुवन समेत ९ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६२ हजार रूपैयाँ, ६ बुक तास र १६ थान कौडा सहित पक्राउ गरेको हो ।
कञ्चनपुर, भीमदत्त नगरपालिका(१८ पुष्पलाल चोक बस्ने ५३ वर्षीय रबिन्द्र केसीको घरमा जुवा ९कौडा० खेलिरहेको अवस्थामा रबिन्द्र समेत ६ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ४७ हजार २ सय ५६ रूपैयाँ र ३ थान कौडा सहित पक्राउ गरेको हो ।
कास्की, पोखरा महानगरपालिका(१८ अधेरीकुना डेरा गरी बस्ने म्याग्दी घर भएका ४८ वर्षीय केशर रानाको कोठामा जुवातास खेलिरहेको अवस्थामा केशर समेत ६ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६३ हजार ५ सय २५ रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।























प्रतिक्रिया दिनुहोस्