अञ्जली दिदीले दिदीबहिनी नभएका दाजुभाइलाई तिहारको सामूहिक टीका लगाई दिए

काठमाडौं, २५ कार्तिक। अञ्जली मास्के (अञ्जली दिदी) ले दिदीबहिनी नभएका दाजुभाइलाई तिहारको सामूहिक टीका लगाइदिएकी छन् ।

विसं २०५५ सालदेखि निरन्तर सामूहिक भाइटीका लगाइदिँदै आएकी अञ्जली दिदीले बुधबार पनि काठमाडौंको वसन्तपुरस्थित काष्ठमण्डपमा दाजुभाइलाई सप्तरङ्गी टीका र मखमलीको माला लगाइदिएकी हुन् ।

आफूले यही स्थानमा निरन्तर २८ वर्षदेखि सामूहिक भाइटीका लगाइदिँदै आएको उनले बताइन् ।

उनले दिदिभाइबीच निस्वार्थ रूपमा माया बढिरहोस् भन्ने कामनाका साथ आगामी दिनमा पनि भाइटीकालाई निरन्तरता दिने बताइन् ।

प्रतिक्रिया दिनुहोस्