मनोज केसीलाई आईजीपी नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय, कार्की प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार

काठमाडौं, १८ कार्तिक । सरकारले नेपाल प्रहरीको ३१ औँ महानिरीक्षक (आईजीपी) मा अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोज केसीलाई नियुक्त गरेको छ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले अपराध अनुसन्धान विभागका प्रमुख रहेका एआईजी केसीलाई प्रहरीको सर्वोच्च पदमा पदोन्नति गर्ने निर्णय गरेको हो। यसैगरी, मन्त्रिपरिषद्ले हालका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई आईजीपीको जिम्मेवारीबाट मुक्त गर्दै प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको छ।

नवनियुक्त आईजीपी केसीले उच्च व्यावसायिकता, अपराध अनुसन्धानमा हासिल गरेको अनुभव र विगतका प्रभावशाली कारबाहीका कारण नेपाल प्रहरीमा उच्च छवि बनाएका छन्।

प्रतिक्रिया दिनुहोस्