जारी नेपाल प्रिमियर लिगमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुने

काठमाडौं, १५ कार्तिक। काठमाडौंको किर्तिपुर मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणअन्तर्गत आइतबार आज एक खेल मात्रै हुँदैछ ।

आजको खेलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ ।

त्रिवि क्रिकेट मैदानमा आइतबार साँझ ५ बजे यी दुई टिमबीच आमने(सामने हुने छन् ।

जनकपुर आफ्नो पहिलो खेलमा कर्णाली याक्ससँग पराजित भएको थियो भने दोस्रो खेलमा काठमाडौं गोर्खाजलाई पराजित गरेर जितको सुरुवात गरेको थियो । यो खेल मंसिर ५ गतेसम्म हुँदैछ । पोखरा एभेन्जर्स भने पहिलो खेलमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएको थियो ।

हालसम्मको अंकतालिकमा जनकपुर पाँचौ र पोखरा अन्तिम स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्