नेपाली कांग्रेसको विषय विज्ञ तर्फ डा. केदार नरसिंह केसीले सर्वाधिक मत
काठमाडौं, २८ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पेशागत (विषय विज्ञ) तर्फ पाँच पदका लागि भएको निर्वाचनको जारी मतगणनामा डा। केदार नरसिंह केसीले सर्वाधिक मत प्राप्त गरेका छन् ।
२ हजार मत गणना हुँदा डा. केदार नरसिंह केसीले ९०८ मत प्राप्त गरेका हुन् ।
यसैगरी प्रा.डा. जगदीशचन्द्र पोखरेल ७७४ मतसहित दोस्रो स्थानमा छन् । त्यस्तै, डा.प्रदीप मिश्रले ४८४, डा.नहकुल केसीले ४४७ र सीताराम केसीले ४०१ मत प्राप्त गरेका छन् । प्राप्त मतका आधारमा शीर्ष १० उम्मेदवारको सूची यस्तो छ ।
१. डा. केदार नरसिंह केसी — ९०८ मत
२. प्रा.डा. जगदीशचन्द्र पोखरेल — ७७४ मत
३. डा. प्रदीप मिश्र — ४८४ मत
४. डा. नहकुल केसी — ४४७ मत
५. सीताराम केसी — ४०१ मत
६. केशव निरौला — ३६९ मत
७. सीए पदम भट्टराई — ३६८ मत
८. अधिवक्ता कलमबहादुर खत्री — ३५६ मत
९. भरतराज ढकाल — ३४७ मत
१०. शिवशंकर रिजाल — ३०३ मत







प्रतिक्रिया दिनुहोस्