नेतृ प्रतिमा गौतम गौतम काँग्रेस सहमहामन्त्री महिलातर्फमा निर्वाचित
काठमाडौं, २७ असोज । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नेतृ प्रतिमा गौतम सहमहामन्त्री ९महिलातर्फ० निर्वाचित भएकी छन् ।
उनी नेतृ नानुमैया बास्तोलालाई फराकिलो अन्तरले पराजित गर्दै सहमहामन्त्रीमा निर्वाचित भएकी हुन् ।
केन्द्रीय निर्वाचन समितिले प्रकाशित गरेको मतगणनाको नतिजाअनुसार गौतमले बास्तोलालाई तीन हजार पाँच सयभन्दा बढी मतले पराजित गरेकी छन् ।
आयोगले नेतृ गौतम पाँच हजार ११६ मतसहित महिलातर्फ सहमहामन्त्रीमा निर्वाचित भएकी जनाएको छ ।
आयोगका अनुसार प्रतिष्पर्धी बास्तोलाले एक हजार ५५४ मत प्राप्त गरेकी छन् ।







प्रतिक्रिया दिनुहोस्