किशोरलाई जंगलमा लगेर धारिलो हतियार देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ
काठमाडौं, २७ असोज। कञ्चनपुरमा किशोरलाई जंगलमा लगेर धारिलो हतियार देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ परेका छन् ।
बेलौरी नगरपालिका–९ रतनपुर बस्ने १६ वर्षीय किशोरलाई अपहरण गरी जंगलमा पुर्याएर कुटपिट तथा यातना दिएको भिडियो सार्वजनिक भएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बेलौरी नगरपालिका–९ कै २१ वर्षीय आशिष बिष्ट, १९ वर्षीय दिलिप भट्ट, २१ वर्षीय शंकर सुनार, २३ वर्षीय सुजित अधिकारी र २२ वर्षीय मिलन तिरुवा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले जानकारी दिए ।
उनकाअनुसार उनीहरू पाँचै जनाले ती किशोरलाई २३ असोजको साँझतिर स्थानीय खजुवा जंगलमा पुगाएर धारिलो हतियार खुकुरी देखाएर धाकधम्की दिँदै कुटपिट गरेका थिए ।
उनीहरूविरुद्ध अपहरण, शरीर बन्धक, ज्यान मार्ने उद्योग एवंम् अपमानजनक अमानविय व्यवहार सम्बन्धी कसुरमा मुद्दा दर्ता गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







प्रतिक्रिया दिनुहोस्