सभापति थापाद्वारा बूढीगण्डकी बाढीले पुर्‍याएको क्षतिप्रति दुःख व्यक्त, उद्धारमा जुट्न आग्रहर सुरक्षित रहन आग्रह

काठमाडौं, २५ असोज । । नेपाली कांग्रेसका सभापति गगन थापाले बूढीगण्डकी नदीमा आएको भीषण बाढीले गोरखाको चुमनुब्री क्षेत्रमा ठूलो क्षति पुर्‍याउनुका साथै दुईवटा पुलसमेत बगाएको घटनामा दुःख व्यक्त गरेका छन्।

थापाले सामाजिक सञ्जाल फेसबुक मार्फत दुःख व्यक्त गर्दै बूढीगण्डकीदेखि त्रिशूली नदी किनारसम्मका तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गर्दै सुरक्षित स्थामा स्थान्तरण हुन अपिल गरेको छ ।

बाढीले न्याक्चेत–फिलिम र धादिङ–गोरखा जोड्ने पुल बगाएको उल्लेख गर्दै उनले नदी किनारमा रहेका नागरिकलाई सुरक्षित स्थानमा रहन र स्थानीय प्रशासनले जारी गर्ने निर्देशनको पालना गर्नसमेत अनुरोध गरेका छन्।

विपद्को यस घडीमा प्रभावित नागरिकको उद्धार, राहत तथा आवश्यक सहयोगमा सक्रियतापूर्वक जुट्न सभापति थापाले कांग्रेसका सम्पूर्ण नेता तथा कार्यकर्तालाई अपिल गरेका छन्। यसको लागि सरकारलाई पनि छिटो उद्धार तथा खोज गर्न आग्रह गरेको छ । राज्यका सबै संयन्त्रहरु परिचालन गरि क्षति कम गर्न समेत सरकारसँग माग गरेका छन् ।

बाढी प्रभावित क्षेत्रमा हुन सक्ने थप जोखिमलाई ध्यानमा राख्दै नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन र सम्भावित जोखिमबाट जोगिन आवश्यक सावधानी अपनाउन उनको आग्रह छ।

 

प्रतिक्रिया दिनुहोस्