केन्द्रीय सदस्य उम्मेदवार बिनिता खड्का पक्राउ, व्यक्तिलृ गरेको दागको भारि पार्टीले बोक्दैन, व्यक्ति आफैँले बोक्नुपर्छः सभापति थापा

काठमाडौं, २४ असोज । नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य उम्मेदवार बनेकी बिनिता खड्का पक्राउबारे मुख खोलेका छन् ।

वैदेशिक रोजगारीका लागी इजरायल पठाउने प्रलोभन देखाएर ठगेको आरोपमा हिजो प्रहरीले पक्राउ गरेको थियो ।
त्यसबारे आज सानेपा पुगेका सभापति थापाले भने, ‘यही महाधिवेशनमा प्रतिस्पर्धा गर्ने एकजना साथीलाई ठगीको मुद्दा लागेको र ठगीको मुद्दा लागेको कारणले गर्दा हिजो मात्र प्रहरीले पक्राउ गरेको समाचार मैले पढेँ । हामी भ्रष्टाचार विरुद्धको शून्य सहनशीलता र कानुनको शासनमा विश्वास गर्छौँ ।’

उनले व्यक्तिले गरेको दागको भारी पार्टीले नबोल्ने बताए । उनले थपे, ‘कुनै पनि व्यक्तिले गलत काम गर्छ, कुनै पनि व्यक्तिले गैरकानुनी काम गर्छ भने त्यसको भारी त्यो व्यक्ति आफैँले बोक्नुपर्छ, पार्टीले बोक्दैन । कुनै व्यक्तिलाई लागेको दाग हो भने त्यो व्यक्ति आफैँले मेट्नुपर्छ, पार्टीले त्यो दागको भारी बोक्दैन ।’

प्रतिक्रिया दिनुहोस्