विवाद सम्यपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु

काठमाडौं, २४ असोज । नेपाली कांग्रेसको १५ औं महाधिवेशनले नयाँ कार्यसमितिका लागि भएको निर्वाचन अन्तर्गत उपसभापति र महामन्त्रीको मतगणना सुरु भएको छ । मतपेटिकाका सन्दर्भमा सिर्जना भएको विवाद साम्य भएपछि अहिले साढे ७ बजेबाट मतगणना प्रक्रिया सुरु भएको हो ।

यसअघि निर्वाचन समितिले उपसभापति र महामन्त्रीका उम्मेदवारहरूसँग छलफल गरेको थियो । त्यसलगत्तै मतगणनाका लागि उम्मेदवारहरूकै रोहवरमा मतपेटिका खोलिएको थियो ।

तर, उम्मेदवार र प्रतिनिधिले एक मतपेटिका कम भेटिएको र दुई मतपेटिकाको सिलबन्दी खोलिएको अवस्थामा भेटिएको भन्दै मतगणना अघि बढ्न सकेको थिएन ।

अहिले विवाद समाधान भएसँगै मतगणना प्रक्रिया अघि बढेको एक उम्मेदवारले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्