पुथ्वी राजमार्गमा ग्यास बुलेट चुहिएका कारण सडक खुलाउन समस्या

काठमाडौं, २३ असोज। सडक विभागले पृथ्वी राजमार्गमा दुर्घटनामा परेको ग्यास बुलेट चुहिएका कारण सडक खुलाउन समस्या भएको जानकारी गराएको छ ।

शुक्रबार दिउँसो पृथ्वी राजमार्गको मछेडी ९गल्छी नजिकै० ग्यास बुलेट पल्टिएको थियो ।

बुलेट पल्टिएर ग्यास लिक भएकाले गलौंदी पुग्न समस्या भएको विभागले जनाएको छ ।

साथै, गजुरी नजिकै गलौंदी भन्ने स्थानमा सडक भास्सिएको छ । विभागका अनुसार, गलौंदीमा ब्याक कटिङ ९भित्ता काटेर० गरेर सडक खुलाउन सकिने अवस्था छ ।

 

रातको समय भएकाले सो स्थानमा भएको टोली अवस्था हेरेर मात्र परिचालित हुने विभागले जनाएको छ ।

यी दुवै घटनाका कारण धादिङ हुँदै काठमाडौं आवतजावत हुने सवारी साधन रोकिएका छन् ।

अहिले पृथ्वी राजमार्ग पूर्ण रुपमा बन्द छ ।

प्रतिक्रिया दिनुहोस्