कांग्रेस सभापतिको मतगणना आजै गरिने

काठमाडौं, २३ असोज। नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत सभापतिको मतगणना आजै गरिने भएको छ । कांग्रेसको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार सभापति पदको मात्रै मतगणना आजै गर्ने तयारी छ ।

उनले सभापति पदको मतगणना राष्ट्रिय सभागृहमा आजै हुने तय भएको जानकारी दिए । अहिले भने मतदान चलिरहेको छ । बिहानबाट सुरु भएको मतदान पहिलो दिउँसो ३ बजेसम्म तय थियो । त्यो समय नपुग हुने देखिएपछि ५ बजेसम्म थपिएको थियो ।

थप गरिएको २ घण्टामा पनि मतदान सम्भव नभएपछि साँझ ७ बजेसम्मका लागि मतदानको समय तोकिएको छ । मतदान सकिएलगत्तै सभापतिको मतगणना सुरु गर्ने तयारी छ ।

सभापति पदका लागि गगनकुमार थापा र श्यामकृष्ण खड्गी प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया दिनुहोस्