नेप्से बढ्ने क्रमलाई निरन्तरता, कारोबार पनि बढ्यो
काठमाडौ. २३ असोज । नेपाल धितोपत्र बजार नेप्से परिसूचक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात बिहीबार सामान्य अंक बढेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।
शुक्रबार नेप्से परिसूचक १७.१५ अंक बढेर २५९१.८० विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ३।८० अंक बढेको छ भने फ्लोट इण्डेक्स १.४२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १।५० अंक बढेको छ।
कारोबारको अन्तिम दिन नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। बिहीबार ३ अर्ब ९३ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३५३ स्टकको ५२ हजार ४४ पटकको कारोबारमा ४ अर्ब ८३ करोड ७७ लाख २३ हजार रुपैयाँबराबरको १ करोड २९ लाख ५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन मूल्य बढेका स्टकहरुको वृद्धिदर ५ प्रतिशतभन्दा कम रहेको छ। यस दिन कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयरमूल्य ४।९१ प्रतिशत बढेको छ। बिहीबार सो कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको थियो। त्यस्तै, यस दिन सिन्धु विकास बैंक र सोलु हाइड्रोपावरको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको रिज लाइन इनर्जीको शेयरमूल्य यस दिन सर्वाधिक ७।८५ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन कुमारी बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन २१ करोड ११ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन घलेम्दी हाइड्रोको कारोबार रकम २० करोड रुपैयाँ नाघेको छ भने हिमालयन डिष्टिलरीको करिब १९ करोड रुपैयाँको शेयर कारोबार भएको छ।
यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये बैंकिङ उपसमूहको परिसूचक सर्वाधिक १।२८ प्रतिशत बेको छ। त्यस्तै, यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक करिब १ प्रतिशत बढेको छ भने बाँकी अरु उपसमूहहरुको परिसूचक सामान्य बढेको छ। यसले खरिद तथा विक्रीबकर्तालाई आसावादी बनाएको छ ।







प्रतिक्रिया दिनुहोस्