कांग्रेसको दूरदर्शी निर्णय, अपांगता भएकालाई पनि केन्द्रीय पदाधिकारी बनाइयो
काठमाडौ. २३ असोज । नेपाली कांग्रेसले दूरदर्शी निर्णय गरेको छ ।
कांग्रेसको काठमाडौमा जारी १५ औ महाधिवेशनले विधान संशोधन गर्दै अपांगता भएका र अल्पसंख्यकलाई सह महामन्त्री बनाएको छ । यो समुहमा चार जनाको उम्मेदवारी परेको छ, जसबाट ए क जना पदाधिकारी बन्ने छन् । गगन थापा सभापति भएर आएपछि पार्टीलाई नयाँ मोडलमा अघि बढएका छन् । नयाँ संशोधित विधानले अरु पनि पद सिर्जना गरेको छ । अहिले भइरहेको कांग्रेसको महाधिवेशनले अपांगता भएका र अल्पसंख्यकको तर्फबाठ एक जना सह महामन्त्री चयन गर्ने छ । कंग्रेसले २०१५ सालमा धनसिंह परियारलाई केन्द्रीय सदस्य बनाएको थियोे ।
अपंगता तर्फबाट उम्मेदवारी दिएका बाबुकृष्ण सापकोटाले पार्टीको यो निर्णय उत्कृष्ट र ऐतिहासिक भएको बताएका छन् । उनले कांग्रेसलाई राम्रो र सबैक आस्थाको केन्द्र बनाउन सक्नेगरी आफ्नो उम्मेदवारी भएको बताएका छन् ।








प्रतिक्रिया दिनुहोस्