सबै उम्मेदवार समान, प्यानल बनाउनु आवश्यक छैनः विश्वप्रकाश शर्मा
काठमाडौ. २३ असोज । नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले १५औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भइरहेको निर्वाचन प्रक्रियामा प्यानलगत चिट बाँडिएको भन्ने कुरामा कुनै सत्यता नभएको बताएका छन् ।
सभापतिका उम्मेदवार गगन थापाले आन्तरिक रूपमा प्यानलगत सूची तयार गरी बाँडेको भन्ने हल्ला फैलिएपछि उनको यस्तो धारणा सार्वजनिक भएको हो ।
उनले भनेका छन्, ‘हामीले बनाएकोरपठाएको भनेर प्यानलको चिट बाँडिएको थाहा पाएको छु िती सबै फेक हुन् िसभापति र मेरा लागि सबै उम्मेदवार साथीहरू समान हुनुहुन्छ । हामीले प्यानल बनाउनु आवश्यक छैन।’
वरिष्ठ उपसभातिका उम्मेदवार समेत रहेका नेता शर्माले सभापतिका उम्मेदवार गगन थापाले समेत आफ्नो नामको प्यानल भएको भनेर आएका सूची फेक भएको बताइसकेको बताए ।
उनले अगाडि भनेका छन्, ‘जो साथीहरूले जिते पनि सबै समान हुनुहुन्छ । महाधिवेशन प्रतिनिधिहरूले मत दिँदा वशेष महाधिवेशनको पक्षर विपक्ष छुट्याएर दिनुहुन्न िमत परिणाम आउँदा त्यहाँ सबै थरि अनुहारको सन्तुलित प्रतिनिधित्व देखिनु पार्टीको बृहत्तर एकताको पक्षमा हुनेछ
सभापतिका उम्मेदवार गगन थापाको प्यानल भनेर आन्तरिक रूपमा उम्मेदवारको सूची सामाजिक सञ्जाल मार्फत् वितरण भएको सूचनापछि शर्माले यो कुरा भनेका हुन् ।








प्रतिक्रिया दिनुहोस्