नेपाली काँग्रेसका नेता विमलेन्द्र निधि अस्पताल भर्ना

काठमाडौँ – छातीको समस्याका कारण नेपाली काँग्रेसका नेता विमलेन्द्र निधि आज चावहिलको ओम अस्पतालमा भर्ना भएका छन् । श्वास फेर्न गाह्रो भएपछि निधि अस्पताल भर्ना भएका हुन् । उनलाई छाती रोग विशेषज्ञ डा सुबोध सागर ढकाल सहितको चिकित्सक टोलीले उपचार गरिरहेका छन् ।
अस्पतालका प्रबन्ध निर्देशक बाबुकाजी कार्कीका अनुसार, चिकित्सकले निधिलाई श्वास फेर्न गाह्रो हुनुका साथै ज्वरो पनि आएकाले निमोनिया हुनसक्ने आशंका गरेका छन् ।
उनी आज अपराह्न ४ः३० बजे ओम अस्पताल पुगेका थिए । निधि जनकपुरमा चुनाव प्रचारप्रसार गर्ने क्रममा श्वास फेर्न गाह्रो भएपछि उनी आजै काठमाडौं आएका थिए । प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेता निधि धनुषा निर्वाचन क्षेत्र नं ३ बाट उम्मेदवारी दिएको छ । धनुषामा मंसिर २१ गते निर्वाचन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्