करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी भई नगद उपहार जित्न सफल करदाताको नाम सार्वजनिक
काठमाडौं, १९ असोज। सरकारले १ देखि १५ असोजसम्म करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी भई नगद उपहार जित्न सफल करदाताको नाम सार्वजनिक गरेको छ ।
कार्यक्रमको चिट्टा १६ असोजमा खोलिएको थियो । यस पटक १० लाख नगद विजेता लालबाबु साह कानु रहेका छन् । उनले २१ हजारको सामान किन्दा उक्त पुरस्कार जितेका हुन् ।
हरेक दिन १र१ लाख रुपैयाँ जित्ने करदातामा कुमारी द्रोपदी भाट, खुश्बु गुरुङरप्रकाश राई, दिनेशकुमार चौधरी, प्रेमप्रसाद सापकोटा, अप्सरा बस्नेत थापा, सुवास चौहान, इश्वरी कार्की, संगिताकुमारी खतिवडा, राजेश शर्मा, अमिर सादुला, जेनकुमार तामाङ र सन्तोषसिंह मगर छन् । विजेताले नजिकको आन्तरिक राजस्व कार्यालयमा बिलसहित ३१ असोजभित्र निवेदन दिनुपर्ने छ ।







प्रतिक्रिया दिनुहोस्