कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा सापकोटाको उम्मेदवारी, पार्टीलाई एकिकृत र सुदृढ गर्ने मुख्य अभियान
काठमाडौं, असोज १६ । नेपाली कांग्रेस धादिङका नेता बाबुकृष्ण सापकोटाले पार्टीको १५औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
आज शनिबार बिहान रिेडियो मिर्मिरेका लागि पत्रकार रञ्जित धमलासँग कुरागर्दै उनले पार्टीको १५औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । धादिङबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएपछि उनले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरिएको हो ।
पार्टीलाई एकिकृत र सुदृढ गर्नेअभियान तथा जीवन्त राख्नका लागि आफु सक्रिया राजनीतिमा आएको उनले बताए । उनले देशभरका प्रतिनिधिहरुलाई आफूलाई अत्याधिक मत दिई विजयी गराउन अपिल गरेका छन् ।
सापकोटा धादिङ कांग्रेसका निवर्तमान कोषाध्यक्ष पनि हुन् । राजनीतिसँगै समाजसेवा गर्दै आएका उनी कांग्रेसको १४ औं महाधिवेशनमा गगन–शेखर समूहबाट केन्द्रीय सदस्यको प्रत्यासीसमेत रहेका थिए ।
गत पौषमा भएको पार्टीको विशेष महाधिवेशनमा पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका थिए । तर नेताहरुको आग्रहमा उनले उम्मेदवारी फिर्ता लिएका थिए । उनलाई सहमतीबाट केन्द्रीय सदस्यमा ल्याउने भद्र सहमती समेत भएको थियो । उनी अपांगता भएको समूहबाट उम्मेदवार दिदैछन् । सापकोटाले कांग्रेसको यो महाधिवेशनले पार्टीमा मात्रै नभएर युवाहरुमा ठूलो उत्साह ल्याउने बताए ।
उनले यसले बेग्लै तरंग ल्याउने बताएका छन् । ‘यो महाधिवेशनलाई निकै अर्थपर्ण रुपमा हेरिएको छ किनभनें अबको नयाँ कांग्रेसले रुपान्तरणको एजेण्डा बोक्ने छ’ उनले भने ।
उनी यसअघि धादिङ कांग्रेसको कोषाध्यक्ष हुँदा गठन गरिएको जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय सन्जालको सह–संयोजकसमेत रहेका थिए । यो भूमिकामा हुँदा देशैभर संगठन र कार्यक्रम गरेर आफ्नो राम्रो पकड जमाएका कारण पनि उनी सबैमा परिचित छन् ।
महाधिवेशनमा भाग लिन तथा सहभागि हुन देशभरका नेता कार्यकर्ता काठमाडौं आउँदै छ । उम्देवारीका लागि सबै पक्रियामा सहभागि भएका छन् । यसले नयाँ नेतृत्व मात्रै चयन नगरी देशको राजनीतिक परिदृश्यमा नयाँ दिशाबोध गर्ने नेता सापकोटाले बताए ।
कांग्रेसको महाधिवेशन आइतबारदेखि काठमाडौं खुलामञ्चमा सुरु हुँदैछ । यस महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ ।







प्रतिक्रिया दिनुहोस्