द्वन्द बेलाको पिडा मेटाउनेलाई भोट: मतदाता

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिदै गर्दा बैतडिका मतदाताले द्वन्द प्रभावितको घाउ निको वनाउनेलाई भोट हाल्ने बताएका छन् ।

सशस्त्र द्वन्दका बेला बढी प्रभावित भएको बैतडिको पुर्चौडी नगरपालिकाका मतदाताले आउदै गरेको चुनावमा द्वन्दका घाउ मेटाउने उम्मेदवारलाई भोट दिने बताएका हुन् ।

विगतको द्वन्दमा धेरैले आफ्ना आफन्त गुमाएकाले यस चुनावले विगतका घाउ मेटाउन सहयोग गर्ने पुर्चौडी नगरपालिका हाटका डम्मरबहादुर कुँवरले बताए । उनले द्वन्द्वका घाउसँगै विकास गर्न सक्ने उम्मेदवारलाई भोट दिने बताउनुभयो ।

“द्वन्दले चर्केका घाउमा मलम लगाउन सक्ने नेतालाई भोट दिन्छौँ,” पुरचौडी नगरपालिका कोटिलाका अम्बादत्त अवस्थीले भने । राजनीतिक परिवर्तनका नाममा धेरैले समस्या भोग्नुपरेकाले राजनीतिक समस्याको स्थायी समाधान खोजेको उनको भनाइ थियो ।

द्वन्दपीडित अब पहिलाको जस्तो द्वन्द नहोस् भन्ने मनसायमा रहेकाले शान्ति र स्थिरताका लागि विकासप्रेमी उम्मेदवारलाई भोट दिने पुरचौडी नगरपालिकाका रणबहादुर भण्डारी बताउछन् । द्वन्दबाट पुर्चौडी सबैभन्दा बढी प्रभावित भएकाले यहाँको समग्र विकासका लागि सबैले पहल गर्नुपर्नेमा उनले जोड दिए ।

 

प्रतिक्रिया दिनुहोस्