कांग्रेसले १५ औं महाधिवेशनको नयाँ मिति आज टुंगो लगाउँदै
काठमाडौं, १३ असोज। नेपाली कांग्रेसले १५ औं महाधिवेशनको नयाँ मिति आज टुंगो लगाउने तयारी गरेको छ ।
पार्टी केन्द्रीय कार्यालयको टिमको आज अनौपचारिक बैठक बसेर नयाँ मिति टुंगो लगाउने एक पदाधिकारीले जानकारी दिए ।
ती पदाधिकारीका अनुसार महाधिवेशनको नयाँ मितिबारे सल्लाह गरि कार्यालयको टिम बसेर आज टुंगो फाइनल गर्नेछ ।
कांग्रेसले १५ औं महाधिवेशनको मिति यसअघि असोज १६ गतेदेखि १९ गतेसम्म गर्ने निर्णय गरेको थियो । त्यसका लागि विभिन्न राजनीतिक दलका नेताहरुलाई निम्तो पठाइसकिएको छ । तर अविरल वर्षाका कारण क्षेत्रिय, अधिवेसनहरु प्रभावित भएकाले निर्धारित मितिमा महाधिवेशन सम्पन्न गर्न नसकेका हो ।
तर असोज ८ गतेदेखि ११ गतेसम्मको अविरल वर्षासँगैको बाढीपहिरोले तल्ला तहका अधिवेशन प्रभावित भएपछि महाधिवेशन केही दिन पछि सार्ने तयारी गरिएको हो ।
दशैं, तिहार, छठ जस्ता ठूला चाडपर्वहरु नजिकिइसकेकाले त्यसभन्दा अघि गर्ने कि पछि भन्ने निर्णय आज टुंगो लाग्ने कांग्रेस संस्थापन पक्षका नेताहरु बताउँछन् ।
तर अर्का एक नेताले भने, ‘धेरै दिन होइन, एक–दुई दिन पछि सार्ने कि भन्ने विषयमा पार्टीमा अनौपचारिक छलफल भइरहेको छ ।’
संस्थापनइतरको शेरबहादुर देउवा समूहले पनि आगामी मंसिरमा छुट्टै १५ औं महाधिवेशन गर्ने भन्दै तयारी थालेको छ ।







प्रतिक्रिया दिनुहोस्