सेयर बजारका सबै सूचक घट्यो
काठमाडौं, ७ असोज । बुधबार सेयर बजारका सबै सूचक घटेका छन् । परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा ३६। २५ अंक (१.३६ प्रतिशत) घटेको छ । यो कमीपछि नेप्से परिसूचक २६१८ अंकमा कायम भएको छ ।
कारोबार रकम पनि खस्किएको छ । अघिल्लो दिन ७ अर्ब ४ करोडको कारोबार भएकोमा आज ६ अर्ब ३५ करोडको भयो । जीवन बीमा समूह सबैभन्दा धेरै २।०४ प्रतिशत घट्यो ।
त्यस्तै बैंकिङ १.२२, विकास बैंक १.३६, फाइनान्स १.०९, होटल तथा पर्यटन ०।९८, जलविद्युत् १.६६, लगानी १.४९, उत्पादन तथा प्रशोधन ०.४५, माइक्रोफाइनान्स १।३१ प्रतिशत घटे । निर्जीवन बीमा १.३२, अन्य १.६५ र व्यापार १।२६ प्रतिशत घटे ।
आज जम्मा २३ कम्पनीको मूल्य बढ्दा २५३ को घटेको छ । २ कम्पनीको मूल्य स्थिर रह्यो ।
धौलागिरि लघुवित्तको मूल्य १५ प्रतिशत बढ्यो । त्यस्तै सीवाईसी लघुवित्तको ५।४४, विकास हाइड्रोपावरको ३।५४, बोटलर्स नेपाल बालाजुको ३, मिडसोलु हाइड्रोपावरको २।६४ प्रतिशत मूल्य बढ्यो ।
फर्स्ट माइक्रोफाइनान्सको ८।५४, माउन्ट एभरेस्ट पावरको ५।७२, इङवा हाइड्रोपावरको ५।२२, पियोर इनर्जीको ४।७९ प्रतिशत मूल्य घट्यो ।
आज धेरै कारोबार भएका कम्पनीमा शिवम् सिमेन्ट, रिलायन्स स्पिनिङ मिल्स, हिमालयन डिस्टिलरी, लक्ष्मी सनराइज बैंक, आँखुखोला जलविद्युत् तथा घलेम्दी हाइड्रोपावर क्रमश अगाडि रहे ।






प्रतिक्रिया दिनुहोस्