सेनाद्धारा सुतली बम निष्क्रिय

काठमाडौ । रसुवाको दक्षिण तर्फको उत्तरगया गाउँपालिका वडा नं ५ लहरे चौतारामा फेला परेको सुतली बमलाई आज नेपाली सेनाले निष्कृय बनाएको छ ।
स्थानीयवासीले चौतारामा शंकास्पद बस्तु देखेपछि प्रहरीलाई खबर गरे त्यसपछि नेपाली सेना आएर बमलाई निष्कृय बनाएका थिए । बम राख्ने समूह तथा व्यक्तिको खोजी कार्य जारी रहेको प्रहरी निरीक्षक ध्रुव सिलवालले जनकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्