बालाजुमा पार्किङ्ग गरी राखेको बसमा आगलागी हुँदा दुई जना घाइते
काठमडौं, ५ असोज । काठमाडौंको बालाजुमा पार्किङ्ग गरी राखेको बसमा आगलागी हुँदा दुई जना घाइते भएका छन्।
आइतबार राति पौने १० बजे काठमाडौं महानगरपालिका,१६ माछापोखरी चोक स्थित बुद्ध मल पछाडिको खोला करिडोरमा पार्किङमा रहेको बसमा आगलागी भएको हो।
नारायणी यातायातको बा ३ ख ५०४३ नम्बरको बसमा अचानक आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलिप घिमिरेले जानकारी दिए।
बसका चालक धादिङ ज्वालामुखी गाँउपालिका(३ का ३१ वर्षीय सुरेश अर्याल र सहचालक नीलकण्ठ गाउँपालिका(२ का २३ वर्षीय राजेश परियार घाइते छन्। आगलागी हुँदा उनीहरू बसभित्रै थिए।
चालक सुरेशको अनुहार, हात र खुट्टामा जलेको छ। सहचालक राजेशको दाहिने हात र पन्जामा जलेको छ।
उनीहरूको उपचारका लागि जनमैत्री अस्पताल बालाजु हुँदै राति कीर्तिपुर बर्न अस्पतालमा रिफर भएको थियो।
बसमा आगो लागेपछि बालाजु औद्योगिक क्षेत्रको दमकल, टोखा नगरपालिकाको दमकल, स्थानिय र प्रहरीको सहयोग सवा १० बजे नियन्त्रणमा लिइएको थियो। अगा
घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।






प्रतिक्रिया दिनुहोस्