राजनीतिक विश्लेषक भरत दाहाल मोरङको बेलबारीबाट पक्राउ

काठमाडौं, ४ असोज । राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् ।

प्रहरी उपरीक्षक कवित कटुवालका अनुसार दाहाल आइतबार बिहान बेलबारीबाट पक्राउ परेका हुन् ।

दाहालविरुद्ध मोरङमा कुनै उजुरी छैन । उनी पछिल्लो समय बालेन शाह सरकारका विरुद्ध सार्वजनिक रूपमा बोलिरहेका थिए ।

साइबर ब्युरोमा परेको उजुरीका आधारमा दाहाललाई पक्राउ गरेको कटवालले बताए । दाहाललाई आजै काठमाडौं पठाइने उनले बताए । दाहालविरुद्ध ब्युरोले काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको थियो ।

दाहाल बेलबारीमा कार्यक्रमका लागि पुगेका थिए । तर, प्रहरीले भने कार्यक्रमका बारेमा कुनै जानकारी नभएको बताए । उनलाई काठमाडौं ल्यपश्चात थप अनुसन्धान गर्ने प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्