लेदोसहितको पहिरो खुेपछि मुग्लिन-नारायणगढ सडक एकतर्फि सञ्चालन

काठमाडौं, २ असोज। मुग्लिन(नारायणगढ सडक खण्डको १५ किलोमा लेदोसहितको पहिरो खस्दा सडक एकतर्फी अवरुद्ध बनेको छ ।

सडक डिभिजन भरतपुरका अनुसार सडकमाथिबाट लेदा खसेका कारण शुक्रबार बिहान साढे ७ बजेदेखि सवारी एकतर्फी अवरुद्ध बनेको हो ।

लेदो पन्छाएर सडक दुईतर्फी सञ्चालनमा ल्याउन एक डेढ घण्टा लाग्ने अनुमान सडक डिभिजन भरतपुरको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्