संघीय समन्वय समितिको प्रतिनिधि सदस्यको जिम्मेवारी डाँगीलाई
काठमाडौं, भदौ ३१ । दाङकी टिका डाँगीलाई सरकारले मानव अधिकारसम्बन्धी छैटौं राष्ट्रिय कार्ययोजनाका लागि संघीय समन्वय समितिको प्रतिनिधि सदस्य तोकेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको मानव अधिकार तथा अन्तर्राष्ट्रिय सन्धि सम्झौता महाशाखाले भदौ २९ गते डाँगीलाई यो जिम्मेवारी दिएको जनाएको छ । सरकारले भदौ २६ गते निर्णय गरे पनि डाँगीलाई पत्र भनें त्यसको तीन दिनपछि दिएको हो । नेपाल मानव अधिकार संगठनकी केन्द्रीय कोषाध्यक्षसमेत रहेकी डाँगी दाङको घोराही उपमहानगरपालिका–८ ढिकपुरकी हुन् । उनी छैंटौं राष्ट्रिय कार्ययोजना ९२०८३÷२०८४–२०८७÷८८० का लागि मनोनीत भएकी हुन् ।
महाशाखा प्रमुख रामजी दनाईले हस्ताक्षर गरेको पत्रमा डाँगीलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ । समितिको संयोजक सरकारका मुख्यसचिव रहने छन् । अन्य सदस्य पदेन हुने छन् भनें डाँगीजस्तै अरु दुइजना सदस्य तोकिने व्यवस्था रहेको छ । समितिमा कम्तीमा एक महिला सदस्य रहने व्यवस्था छ ।







प्रतिक्रिया दिनुहोस्