आज मन्त्रिपरिषद् बैठक बस्दै
३१ भदौ, काठमाडौं । आज मन्त्रिपरिषद् बैठक बस्दै छ ।
प्रधानमन्त्री बालेन शाहले बुधबार अपराह्नका लागि बैठक बोलाएको उनको सचिवालयले जनाएको छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अपराह्न ४ बजे बस्नेछ ।
बैठकमा समसामयिक विषयहरूमा छलफल भई आवश्यक निर्णयहरू हुने सचिवालयले जनाएको छ ।






प्रतिक्रिया दिनुहोस्