प्रधानमन्त्री बालेन शाहको अमेरिका भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
काठमाडौं, २५ भदौं। मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री बालेन शाहको अमेरिका भ्रमण स्वीकृत गरेको छ।
आज ९बिहीबार० बसेको बैठकले संयुक्त राष्ट्र सङ्घको ८१औँ महासभामा भाग लिन जान लागेका प्रधानमन्त्री नेतृत्वको टोलीको भ्रमण स्वीकृत गरेको हो।
सरकारका प्रवक्तासमेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार प्रधानमन्त्री नेतत्वको टोली आगामी असोज ६ गते अमेरिका प्रस्थान गर्नेछ भने १० गते स्वदेश फर्किनेछ।


प्रतिक्रिया दिनुहोस्